scheduleसोमवार आश्विन ६ गते, २०७६

डोटीबाट पक्राउ परे विप्लव नेकपाका थापा


काठमाडाैँ, ५ जेठ । प्रहरीले नेत्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार नेकपाका प्रकाश थापा डोटीबाट पक्राउ परेका हुन् ।

थापालाई जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि जिल्ला प्रहरी कार्यालय सिलगढीमा आज पुर्‍याएको छ ।

पक्राउ परेका थापालाई सोधपुछ र बयानपछि आवश्यक कानूनी कारवाही अगाडि बढाइने प्रहरीले बताएको छ । उनलाई बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीका विषयमा सोधपुछ गरिने प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage