scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

जिदानको जिद्दी- खेलाडी छान्न म स्वतन्त्र हुनुपर्छ

एजेन्सी, ५ जेठ । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी छान्ने स्वतन्त्रता आफूमा हुनुपर्ने बताएका छन् । घरेलु लिग ला लिगको अन्तिम खेल अघि शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले खेलाडी छान्न आफू स्वतन्त्र हुनुपर्ने बताएका हुन् ।

बोर्डदे खेलाडी छान्ने कुरामा दबाब दिइरहेको बारे पत्रकारले उनलाई प्रश्न सोधेका थिए । ‘यदि मैले टिमको लागि खेलाडी छनोट गर्न पाइन भने र अरु खेले भने म क्लब छोडेर जान्छु,’ जवाफमा उनले भने ।

हाल जिदानलाई केलर नाभाष र ग्यारेथ बेललाई खेलाउनु पर्नेबारे दबाव आइरहेको चर्चा भइरहेको छ । नाभाषको बारेमा जिदानको प्रतिक्रिया थियो, ‘मैले नाभाषको खेललाई अन्तिम खेलको रुपमा लिइएको छैन । त्यस्तै, अर्को वर्ष उनको भविष्य के हुनेछ पनि मलाई थाहा छैन । मैले क्लबलाई अर्को वर्ष मुख्य गोलकिपर को हुने भन्नेमा स्पष्ट पारिसकेको छु । तर, हेरौं के हुन्छ !

‘भोलिको खेलमा उनी (बेल) स्क्वाडमा हुनेछन् । अहिलेलाई यति नै भन्छु,’ बेल तथा इस्कोको उनको प्रतिक्रिया थियो, ‘ त्यस्तै, इस्कोको बारेमा म केही भन्दिनँ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob