scheduleसोमवार आश्विन ६ गते, २०७६

अचानक स्थगित भयो नेकपा सचिवालय बैठक

काठमाडाैं, ४ जेठ । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगाउने उद्देश्यका साथ आइतबारका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अचानक स्थगित भएको छ । ११ बजे बस्ने भनिएकोे बैठक अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थगित भएको बताइएको छ ।

गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको सचिवलायका एक नेताले जानकारी दिए । पार्टी एकताका बाँकी काम टुङगो लगाउन आज सचिवालयको बैठक बस्न लागेको हो । नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेता एकतासम्बन्धी बाँकी काम टुंगो लगाउने गृहकार्यमा जुटेका थिए ।

नेकपामा पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, विभाग गठनदेखि स्थानीय तहसम्मका कमिटीको एकता टुंगो लगाउन बाँकी छ । अहिलेसम्ममा पार्टीको सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र जनसंगठनको एकता टुंगो लागिसकेको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage