scheduleमगलवार आषाढ़ ३ गते, २०७६

भायनेटको क्रिकेट वर्ल्ड कप मेनिया


काठमाडौं, ५ जेठ । नेपालको पहिलो र विशाल एफटिटिएच इन्टरेनट सर्भिस सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले ‘भायनेट क्रिकेट वल्र्ड कप मेनिया’ नामक नयाँ अफर ल्याएको छ ।

आउँदो जेठ १६ गतेदेखि सञ्चालन हुने क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै भायानेटले आफ्नो ग्राहकहरुको लागि यस्तो अफर ल्याएको हो । यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले इन्टरनेट र टिभीको सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्ने भायानेटले जनाएको छ ।

इन्टरनेट र टिभीको वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत् छ हजार क्यास ब्याक र ४३ इन्चको एलजि स्मार्ट एलईडी टिभी जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडी रहिआएको छ ।

आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल विरगञ्ज, बिराटजगर, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टिभी सेवा सुचारु गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob