scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

युवतीको निहुँमा झगडा हुँदा सन्तोषको हत्या


धनकुटा, ५ जेठ । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेमा युवतीलाई निहुमा एक युवकको हत्या भएको छ ।

शनिबार राति बैशाख शुक्ल पूर्णिमाको अवसरमा मारेककटहरे स्थित माझगाउँमा लागेको मेलामा गएका महालक्ष्मी–३ डाँडागाउँका २२ बर्षीय सन्तोष थम्फरा लिम्बुको हत्या भएको हो । धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङका अनुसार राती करिब १ बजे भएको झगडाका क्रममा मारेककटहरेका २५ बर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरी थम्फराको हत्या गरेका हुन् ।

हत्या आरोपमा लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । घाँटीमा छुरीको गहिरो चोटसँगै थम्फराको घटनास्थलमै मृत्यू भएको हो ।

मृतकको शवको जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम भइरहेको छ । युवतीको विषयमा झगडा हुँदा युवाहरुबीच छुरा प्रहारबाट डाँडागाउँका मनोज लिम्बुखिम पनि घाईते भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob