scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

त्रिशुली बस दुर्घटना (अपडेट) : मृतकको संख्या ९ पुग्यो

काठमाडाैं, ५ जेठ । धादिङको गजुरी गाउँपालिका – ६ बन्छेटारस्थित काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बस त्रिशूली नदिमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

आदमघाट बजारबाट नजिकै रहेको दुर्घटनामा परी घटनास्थलमै ४ जनाको मृत्यू भएको हो भने बाँकीको उपचारको क्रममा मृत्यू भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा परी मृत्यु हनुेमा इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी, धादिङ वेनिघाट रोराङका राजन आचार्य, चन्द्रागिरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलिया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन् ।

यसैगरी दुर्घटनामा परी मृत्यु हुनेहरूमा प्रकाश श्रेष्ठ र शेखर मगर रहेका छन् । उनीहरुको भने ठेगाना खुल्न सकेको छैन् । अन्य ३ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

नामथर नखुलेको वर्ष ४० का एक पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै वतन नखुलेको अन्दाजी ३०/३२ वर्षका एक पुरुष र नामथर वतन नखुलेको अन्दाजी वर्ष २०/२२ को पुरुषको शव दिउँसो ३ बजेतिर घटनास्थलमा फेला परेको थियो ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । जसमा १४ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरूलाई उद्दारपछि तत्काल काठमाडौं पठाइएको थियो । बाँकी घाइतेहरूको गजुरी, आदामघाट र गल्छीमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुर्घटनामा परी घाइते भएका चालक फणिन्द्रबहादुर कार्कीले चालक परिवर्तन भएपछि दुर्घटना भएको बताउँछन् । उनी चालक फेरिएपछि निद्रा नलागे पनि आँखा चिम्म गरेर बसिरहेका थिए । एक्‍सासी गड्याम्म आवाज आएपछि सबै यात्रुहरु चिच्याउँदा चिच्याउँदै गाडी खोलामा पुगिसकेको उनी सम्झन्छन् ।

गाडी नदीमा खसे पनि होसमै रहेका उनी ढोकाबाट निस्कन खोजे पनि सकेनन् । नदी गहिरो छ जस्तो लागेर उनी ड्राइभरको सिटको झ्यालबाट हाम फालेको स्मरण गर्छन् ।अस्पतालमा उपचार गराइरहेका कार्की भन्छन्, ‘गाडी खसेको भीर पाखाभरी घाइतेहरु छट्पटाइरहेका थिए। के गर्ने कसो गर्ने अत्यास लाग्यो। उत्निखेरै गाउँलेहरु आइपुग्नुभयो । मेरो ज्यान पुरै दुखेको थियो तर कहाँ के भएको आफैंले थाहा पाइनँ। गाउँलेहरु सबै मिलेर घाइतेको उद्धारमा सहयोग गर्न थाले ।’ उद्धारमा सेना र प्रहरी आइपुगेपछि स्थानीयले आफूलाई अस्पताल पुर्‍याएको उनले बताए ।चालक कार्कीका अनुसार दुर्घटना हुनुभन्दा ३-४ किलोमिटरवर बसमा तेल राखिएको र तेल राखिएपछि चालक परिवर्तन गरिएको थियो । उनले भने, ‘चालक परिवर्तन भएको केहीबेरमै दुर्घटना भयो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob