scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

लोकसभा निर्वाचन : एक्जिट पोलका नतिजामा मोदी पुर्नआगमनको संकेत

एजेन्सी, ५ जेठ ।  भारतमा लोकसभा चुनावका लागि आइतबार मतदान सकिएको छ। यस चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको न्याश्नल डेमोक्र्याटिक एलाइन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाइन्स (युपीए)बीच मुख्य प्रतिस्पर्धा भएको थियो।

सातौं चरणको मतदान सकिएसँगै विभिन्न सञ्चारमाध्यमले गरेका एक्जिट पोलका नतिजाहरू आइतबार साँझ सार्वजनिक भएका छन्।

एक्जिट पोलहरूका अनुसार सत्तारूढ भारतीय जनता पार्टीको गठबन्धनले बहुमत ल्याउने देखिएको छ ।

इन्डिया टुडेले गरेको  पोलमा छ महिनाअघि विधान सभा चुनावमा कांग्रेसले जित हात पारेका राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपा अघि आउने देखाएको छ।

रिपब्लिक/सी भोटरको एग्जिट पोलका अनुसार एनडिएको २८७ सीट र युपीएको १२८ सीट र अन्यले १२७ सीट ल्याउन सक्ने देखिएको छ।

जबकी टाइम्स नाओ/बीएमआरका अनुसार एनडिएको ३०६ सीट र युपीएको १३२ सीट र अन्यको १०४ सीट जित्न सक्ने देखाएको छ।

रिपब्लिक/जनका अनुसार एनडिए- ३०५, युपीए- १२४ र अन्यले ११३ ल्याउने देखिएको छ।

न्युज नेशनका एनडिए- २८२ देखि २९० बीचमा, युपीए, ११८ देखि १२६ सम्म र अन्यले १३० देखि १३८ सम्म सीट जित्ने ठानिएको छ।

सातौं चरणको निर्वाचनमा साँझ पाँच बजेसम्म ६१ प्रतिसतले मतदान गरेका थिए। जसमा चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएका थिए।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob