scheduleआइतवार भाद्र १ गते, २०७६

भारतमा क्यान्सरको औषधिको ९० प्रतिशतसम्म मूल्य घट्यो


नयाँ दिल्ली, ५ जेठ । विपन्न परिवारले पनि क्यान्सर रोगको उपचार गर्न सकून् भन्दै भारतमा क्यान्सरको ९ वटा औषधिको मूल्यमा भारी गिरावट गरिएको छ । ९ वटा एन्टी-क्यान्सर औषधिमध्ये फोक्सोको क्यान्सरको औषधि पनि समावेश छ । फोक्सोको क्यान्सर रोगीको किमोथेरापी इन्जेक्सनको औषधि भने ८७ प्रतिशतले घटेको छ । यस्तो निर्णय नेशनल फर्मासुटिकल प्राइसिङ्ग अथोरिटीले गरेको हो ।

भारतमा केन्द्रीय सरकारले जेनेरिक औषधि बनाएर क्यान्सर रोगीको जिन्दगी बचाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । Pemetrexed (500mg) इन्जेक्सन, जसको ब्रान्ड नाम Pemxcel को मातहत बेचिँदै आएको छ, त्यसको मूल्य २२ हजारबाट घटाएर भारु २८ सय रुपैयाँ बनाइएको छ । उक्त औषधिको १००mg डोजको मूल्य भारु ८ सय रुपैयाँ भएको छ ।

एक अर्को बढी माग हुने किमो औषधि Epirubicin (ब्रान्ड नाम Epichlor) को १० एमजी इन्जेक्सनको मूल्य २७६.८ रुपैयाँ भारु भएको छ । यसको मूल्य पहिला भारु ५६१ रुपैयाँ थियो ।

बलिउड अभिनेता ऋषि कपूर, अभिनेत्री सोनाली बेन्द्रे र अभिनेता आयुष्मान खुरानाका पत्नी ताहिरा कश्यपलाई फरक-फरक क्यान्सर भएको थियो । तर, बलियो आर्थिक अवस्था र समयमै उपचार पाउँदा उनीहरुले क्यान्सरविरुद्ध जित हासिल गरेका छन् ।

यद्यपि, यो प्राणघातक रोग एकपटक निको भएर पनि पुनः बल्झिने सम्भावना रहन्छ । कतिपयलाई क्यान्सर पाँच वर्षमा भने कतिपयलाई १० वर्षमा फर्कने गरेको देखिन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage