scheduleबिहिवार आश्विन २ गते, २०७६

स्पेनिस लिग ला लिगाः शिर्ष चारमा यी टोलीले बनाए स्थान

काठमाडौँ, ६ जेठ । यस सिजनको स्पेनिस लिग ला लिगा सकिएको छ ।

यस सिजनको घरेलु लिगको उपाधि बार्सिलोनाले जित्न सफल भयो । ३८ खेलमा बार्सिलोनाले ८९ अंक बटुल्न सफल भयो ।

अन्तिम खेलमा बार्सिलोनाले इबारसँग दुईदुई गोलको बराबरी खेल खेल्यो ।

त्यस्तै दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले ७६ अंक जोड्यो । यस सिजन झुर खेल खेलेको रियल मड्रिड अन्तिम खेलमा पनि रियल बेटिससँग पराजित हुन पुग्यो । उसले ६८ अंकमात्र जोड्यो ।

चौथो स्थानमा रहेको भ्यालेनसियाले यस सिजन ६१ अंक जोड्यो । शिर्ष चारमा रहेका यी चार क्लबबीच घरेलु लिगका लागि बलियो प्रतिस्पर्धा हुन सकेन ।

बार्सिलोनाले कडा प्रतिस्पर्धाबिना नै उपाधि जितेको समिक्षकहरुले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage