scheduleबुधवार आषाढ़ ४ गते, २०७६

पिएसजीमा नै रहने एमबाप्पेको संकेत

काठमाडौँ, ६ जेठ । पिएसजीका स्टार खेलाडी हुन् काइलियन एमबाप्पे । उनले यस सिजन प्लेयर अफ दि सिजनको अवार्ड जित्न सफल भएका छन् ।

यस सिजन उच्च फर्ममा रहेका उनले क्लब छोड्ने अनुमान गरिएको छ । तर, उनले दिएको बयानले उनी पिएसजीमा नै रहने सम्भावना बलियो भएको अनुमान लगाइएको छ ।

उनले आफुलाई क्लबमा ठुलो जिम्मेवारी दिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘मलाई क्लबमा अझै ठुलो जिम्मेवारीको आवश्यकता छ । यस सिजन केही उतारचढाव देखिए । केही निराशाजनक खेल पनि भए । तर, यो सबै फुटबलका पाटाहरु हुन् । अगाडि बढ्न सक्नुपर्छ ।’

उनले थप्दै भने, ‘मैले यहाँ आएपछि धेरै कुरा सिक्न पाएको छु । मलाई थप जिम्मेवारीको आवश्यकता रहेको महसुस गरेको छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob