scheduleशनिवार श्रावण ३२ गते, २०७६

पाइप बम बनाउँदै गर्दा विस्फोट, दुई घाइते


पर्वत, ६ जेठ । जिल्लाको बिहादी गाउँपालिका-६ शालीग्राममा पाइप बम बनाउँदै गर्दा भएको विस्फोटमा दुई जना घाइते भएका छन् ।

आइतबार साँझ भएको विस्फोटमा परी २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका हुन् । घाइते घर्तीको अवस्था गम्भीर रहेको छ ।

सलाईको काँटीको बारुद प्रयोग गरेर माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएको हो । गम्भीर घाइते बम बनाउँदै थिए भने उनी नजिकै रहेका १६ वर्षीय समीरा राना पनि घाइते भएका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage