scheduleआइतवार आषाढ़ १ गते, २०७६

आफ्नै अपहरणको नाटक गर्ने व्यापारी भारतमा लुकेको खुलासा

रौतहट, ६ जेठ । अपहरण गरी वेपत्ता पारिएको भनिएका रौतहटका एकजना व्यापारी आफैँ भागेर अपहरणको नाटक गरेको खुलेको छ ।

जिल्लाको कटहरिया नगरपालिका–५ बजारस्थित आईएमई सञ्चालन गर्दै आएका व्यापारी भगवान साह तेली आफै भागेर अपहरणको नाटक गरेको रहस्य खुलेको हो ।

गत वैशाख १७ गतेदेखि अपहरणको नाटक गरी सम्पर्कविहिन रहेका व्यापारी साह परिवारको सम्पर्कमा आएपछि उनी भारतमा लुकेको खुलेको हो । व्यापारी साहले घरमा फोन गरेर आफु अपहरणमा नपरेको र आफ्नै स्वेच्छाले भारतमा लुकेको जानकारी गराएका थिए ।

शुुक्रवार व्यापारी साहका बुबा जियालाल साह तेलीले गरुडास्थित प्रहरीलाई खबर गरी घटनाको यथार्थ विवरण जानकारी गराएपछि अपहरण गरिएको भनिएका साहलाई कसैले अपहरण नगरी आफै भागेर लुकेको खुलेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob