scheduleबुधवार आषाढ़ ४ गते, २०७६

तोलामा कति छ सुनको मुल्य ?

काठमाडौं, ६ जेठ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन सोमबार तोलामा ७०० रुपैंयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ५९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाला सुनको मूल्य तोलामा ६० हजार दुई सय रुपैयाँ थियो। यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा सात सय रुपैयाँले घटेर ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार तेजाबी सुनको मूल्य तोलामा ५९ हजार नौ सय रुपैयाँ थियो। चाँदी तोलामा सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob