scheduleबुधवार आषाढ़ ४ गते, २०७६

नेकपा एकता अझैं टुंगिएन: ललितपुर, काभ्रे र चितवनमा विवाद

काठमाडौ, ६ जेठ । नेकपाले जिल्ला कमिटीहरुलाई पूर्णता दिने क्रमलाई अन्तिम चरणमा पुर्‍याएको छ ।नेकपाका अधिकांश जिल्ला तहमा एकता भैसकेको र केही जिल्लामा मात्रै बाँकी रहेको नेकपाले जनाएको छ ।

यसअघिको सहमति अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रबीच ५५ र ४५ का आधारमा जिल्ला कमिटीलाई पूर्णता दिने काम भइरहेको छ ।

तीन नम्बर प्रदेशका जिल्लाहरुमा एकता प्रक्रिया टुङ्ग्याउन आइतबार बसेको प्रदेश कमिटिको बैठकमा १० वटा जिल्लाको मात्रै एकता घोषणा गरिएको छ ।

नेकपा प्रदेश नम्बर ३ की प्रमुख अष्टलक्ष्मी शाक्यका अनुसार  ललितपुर, काभ्रे र चितवन जिल्लाको एकता घोषणा गर्न सकिएको छैन ।

उनले चितवन र ललितपुरमा तत्कालीन माओवादी केन्द्र र काभ्रेमा तत्कालीन एमालेका तर्फबाट गृहकार्य हुन नसक्दा तीन जिल्लाको एकता घोषणा हुन नसकेको बताइन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob