scheduleआइतवार भाद्र १ गते, २०७६

प्रहरीमाथि नै बलात्कारको आरोप, कारबाहीको माग गर्दै स्थानीयको प्रदर्शन


नवलपरासी, ६ जेठ । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरीमाथि बलात्कारको आरोप लागेको छ । स्थानीय दुई महिलालाई जंगलमा बलात्कार गरेको आरोपमा कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप स्थानीयको छ । उक्त घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

गत वैशाख १ गते गण नजिकैको जङ्गलमा घाँस काट्न गएका एक किशोरी र एक युवतीमाथि प्रहरी जवानद्वयले बलात्कार गरेको आरोप स्थानीयको छ । घटना भएलगत्तै पीडित युवतीले केही नभने पनि हालसालै उनीहरुले घटनाबारे मुख खोलेका थिए ।

बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

निलम्बन पर्नेमा दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादव छन् । नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनीहरु दुवैलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage