scheduleबुधवार आश्विन १ गते, २०७६

शशी थरुर भन्छन्- निर्वाचन मत सर्वेक्षणका प्रक्षेपणहरु गलत

एजेन्सी, ६ जेठ । भारतीय कङ्ग्रेस पार्टीका वरिष्ठ नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको बताएका छन् ।

नेता थरुरले  मतसर्वेक्षणका प्रक्षेपणहरुलाई अस्वीकार गर्दै  आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताएका हुन्  ।

थरुरले ट्वीटरमा एक पोष्ट गर्दै भनेका छन्-‘चुनावी मतसर्वेक्षण सबै गलत रहेको मेरो बुझाई छ । गतसाता अस्ट्रेलियामा सम्पन्न ५६ विभिन्न मतसर्वेक्षण सबै गलत साबित भएका थिए । भारतमा पनि धेरै मानिसले सर्वेक्षकलाई सबै कुरा बताउँदैनन् । वास्तविक परिणाम त आगामी बिहीबार मात्र थाहा हुनेछ,’

उनले मतसर्वेक्षणमा आएका काल्पनिक संख्याका बारेमा निरर्थक बहस गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।

आइतबार साँझ टेलिभिजन च्यानलमा प्रसारित सबैजसो चुनावी मतसर्वेक्षणले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले नै केन्द्रमा सरकार बनाउने आँकलन गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको नै पुनरावृत्ति हुने सर्वेक्षणहरुले देखाएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage