scheduleमगलवार आषाढ़ ३ गते, २०७६

बालुवाटार जग्गा प्रकरणमा मुछिएकालाई कारबाही गर्नुपर्छः नेता रावल


काठमाडौं, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले बालुवाटार लगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रावलले यस्तो माग गरेका हुन् । रावल आवद्ध नेकपाका महासचिव विष्णु पौडेल समेत मुछिएको बालुवाटारस्थित ललिता निवासको जग्गाको पनि सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न रावलले माग गरे ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्री भएका नेता रावलले त्यसबेला उक्तजग्गाबारे कुनै पनि औपचारिक प्रस्ताव र छलफल नभएको पनि स्पष्ट पारे ।

उक्त जग्गा सरकारले फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै रावलले फिर्ता ल्याएर मात्रै नहुने, दोषीलाई कानुनीदायरमा नै ल्याउनुपर्ने बताए ।

जग्गाप्रकरणबारे सरकारले गरेको छानविन सत्यतथ्यहुनु पर्ने रावलको भनाई थियो । ‘बालुवाटार जस्तो संवेदनशील स्थानको जग्गाव्यक्तिको नाममा जानु आपत्तिजनक छ । सत्य तथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नु पर्छ । अब सरकारको छानबिनको निष्कर्ष पर्खौं,’ नेता रावलले भने ।

एक फरक प्रसंगमा नेता रावलले मिडिया काउन्सिल विधेयकमा भएका विवादित विषयमा गहन छलफल गर्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई मनन गर्दै विधेयकमा भएका दण्ड सजायँ सम्बन्धित यवस्थाबारे गहन छलफल गर्नुपर्ने बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob