scheduleबिहिवार भाद्र ५ गते, २०७६

मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइयोः नेता नेपाल


दाङ, ६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको बताएका छन् ।

दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले पार्टीमा छलफल गर्ने वातावरण नहुँदा धेरै विरोध खेप्नु परेको अनुभव सुनाएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले निर्णय गर्दा पार्टीमा छलफल नै नहुने परम्परा दुःखद भएको धारणा राखे । उनले भने,‘महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुनुपर्छ, तर, अहिले कुनै पनि विषयमा निर्णय लिँदा पार्टीमा छलफल गर्ने गरिएको छैन, पार्टीमा छलफल गर्ने चलन नै नहुनु दुःखद पक्ष हो ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage