scheduleबुधवार आषाढ़ ४ गते, २०७६

बजेटले गियर बदल्छ, एक वर्षमा नै देखिने गरी परिवर्तन आउँछः प्रम ओली


काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा देशको विकासमा देखिने गरी परिवर्तन आउने दावी गरेका छन् । साेमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताएका हुन् ।

‘एकवर्षमा कति फरक भयो, अर्काे वर्ष हेर्नुस्, कति फरक हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले राम्रो काम गरेपछि जनतामा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोप लगाए । नेपाल सानो देश भनेर आफैलाई अवमूल्यन गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने जिकिर समेत गरे । ‘जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुन्छ,’ उनले भने, ‘यसले देश विकासको गियर परिवर्तन गर्छ । देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्‍याउँछ। तीनमा छ भने चारमा पुर्‍याउँछ ।’

‘हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob