scheduleबुधवार आश्विन १ गते, २०७६

विजुक्छेको आरोप- प्रचण्ड भ्रष्टाचारीको नायक, शितल निवास र बालुवाटार भ्रष्टाचारको अखडा


भक्तपुर, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड भ्रष्टाचारीको नायक भएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले प्रचण्डको विवाहको पचासौं बर्षको बर्षगाठमा पप्पु कन्सट्रकसनको पैसोले पाँच तारे होटेलबाट मगाएका भोज खुवाएसँगै उनी भ्रष्टचारको नायक भएको आरोप लगाएका हुन् ।

उनले भ्रष्टाचारको मुख्य अखडा शितल निवास, बालुवाटार र सिंहदरबार भएको बताउँदै ठग र दलालको घेरामा रहेर भइरहेको निरन्तर कामकै कारण भ्रष्टाचारको अखडाका रुपमा यी क्षेत्र परिचित बनेको आरोप लगाए ।

ओली र प्रचण्डको पूँजीवादी ब्यवस्थाले ब्यक्ति धनी हुने प्रतिस्पर्धा कै कारण सिहदरबार, बालुवाटार र शितल निवासमा निरन्तर भईरहेको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको भन्दै सिंहदरबारको अधिकार गाउँ-गाउँ भन्ने नारा निरन्तर भइरहेको भ्रष्टाचारले प्रमाणित गरेको उनले बताए ।

वर्तमान सरकार नाममा मात्रको कम्युनिष्ट सरकार भएको भन्दै सरकारको आचरणलाई नियाल्ने हो भने गरीबका लागि कुनै काम नगरी सबै धनीको हितमा भएकाले यो कम्युनिष्ट सरकारका नभएको उनको तर्क थियो ।

वर्तमान सरकारले संसदमा दर्ता गरेको मिडिया बिधेयक सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको भन्दै यसले नागरिकको मौलिक अभिब्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने उनले बताए । उनले यसका बारे बिभिन्न देशका बारे जानकारी लिनुपर्ने बताए ।

नेताहरुको अदूरदर्शी सोच, मुखलाई नियन्त्रण गर्न नसक्दा देशमा संघियता कार्यान्वयनमा जटिलता देखा परेको उनले बताए । उनले हालका मुख्य मन्त्रीहरुले बिगतमा गरेको संंघियताका बारे हस्ताक्षर नबुझेरै गरेको हाल मुख्य मन्त्रीहरुको ब्यवहारले प्रष्टाएको बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage