scheduleबिहिवार आश्विन २ गते, २०७६

हात्तीले कुल्चिएर वृद्धाको मृत्यु


कञ्चनपुर, ६ जेठ । कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमण परी एक वृद्धको ज्यान गएको छ । हात्तीको समूहले गए राति बाली सुरक्षार्थ खेतमा बसेका वडा नं ६ जमुवाका ६० वर्षीय गोसाइ चौधरीको ज्यान लिएको स्थानीयवासी रामकुमार चौधरीले जानकारी दिए ।

चौधरी लौका खेतीको सुरक्षा गर्न भन्दै खेतमा गएका थिए । गोसाइका अनुसार जङ्गली हात्तीले लखेटेर उनक टाउको कुल्चिएपछि तत्कालै मृत्यु भएको हो ।

चुरे जङ्गलमा रहेका हात्ती कोशीटप्पु वन्यजन्तु आरक्ष फर्किएका स्थानीयवासीले बताएका छन् । शवपरीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage