scheduleबिहिवार भाद्र ५ गते, २०७६

‘काेपा अमेरिकामा नेयमारलाई कप्तानीको जिम्मेवारी नदिइयोस्’

काठमाडौँ, ७ जेठ । कोपा अमेरिका कपमा ब्राजिलको कप्तानको जिम्मेवारी नेयमारलाई दिन नहुने पुर्व बार्सिलोनाका डिफेण्डर इडमिलसनले बताएका छन् ।

उनले कप्तानको जिम्मेवारी अरु कसैलाई दिन ब्राजिलका प्रशिक्षक टिटेलाई आग्रह गरेका छन् ।

उनको काँधमा धेरै जिम्मेवारी परेकै कारण पनि विश्वकपमा उनले सोचे जस्तो खेल खेल्न नसकेको बताइएको छ ।

उनले विश्वकपमा देखाएका नाटकले पनि ब्राजिलियन टोली आलोचित भएको उनले बताएका छन् ।

सन् २०१८ को विश्वकपमा ब्राजिल बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।

कोपा अमेरिकामा भने ब्राजिलले ग्रुप स्टेजमा पेरु, बोलिभिया र भेनेजुयलासँग खेल खेल्दैछ । इडमिलसनले नेयमारलाई कप्तानीको जिम्मेवारी दिएमा ब्राजिलले सोचेजस्तो खेल खेल्न नसक्ने बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage