scheduleबुधवार आश्विन १ गते, २०७६

आर्सनलले युरोपा लिग जिते खेलाडीले ठुलो रकम बोनस पाउने

काठमाडौँ, ७ जेठ । युरोपा लिगको फाइनल खेलमा आर्सनलले चेल्सीलाई पराजित गर्न सके खेलाडीहरुलाई ठुलो रकम बोनस दिइने बताइएको छ ।

यस सिजन शिर्ष चारमा स्थान बनाउन असफल आर्सनल च्याम्पियन्स लिगका लागि छनोट हुन युरोपा लिग जित्नै पर्ने दबाब रहेको छ ।

उनरी इमरी पनि आर्सनलले च्याम्पियन्स लिगमा सहभागी जनाउने कुरामा आशावादी रहेका छन् । उनलाई पनि क्लबले ठुलै बोनस दिने अनुमान गरिएको छ ।

साथै, आर्सनल यदी च्याम्पियन्स लिगमा छनोट भएमा आर्सनलले खेलाडी किन्न ठुलो रकम बिनियोजन गर्ने समेत अनुमान गरिएको छ ।

युरोपा लिगको फाइनलमा दुई इंलिस क्लब आर्सनल र चेल्सी उपाधि लागि आमने सामने गर्दैछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage