scheduleबुधवार आषाढ़ ४ गते, २०७६

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक एयर रुट दिन भारत तयार

काठमाडौँ, ८ जेठ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ । दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तीन महिनाअघि नै पठाइएकोमा आइकाओबाट स्वीकृति प्राप्त हुनेबित्तिकै उडान सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको छ ।

त्यसैले विमानस्थलको निर्माण सकिएलगत्तै सञ्चालनमा आउने प्राधिकरणका महानिर्देशक गौतमले जनाए । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीनजिकैको यो विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीमा पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ । नागरिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob