scheduleबुधवार आश्विन १ गते, २०७६

क्लब छोड्ने प्रश्नमा प्रशिक्षक सिमिओनेले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ, ८ जेठ । एट्लेटिको मड्रिडका प्रशिक्षक डियगो सिमिओनेले आफु क्लबप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

सन् २०११ मा क्लबको जिम्मेवारी सम्हालेका उनले एकपटक स्पेनिस लिग उपाधि जिताउन सफल भएका थिए ।

एट्लेटिकोलाई शिर्ष चारमा लगातार पार्न सफल उनले यस सिजन क्लब छोड्ने अनुमान गरिएको थियो ।

तर, उनी क्लबमा नै रहने बताएका छन् । तर, यस सिजन धेरै स्टार खेलाडीले क्लब छोड्ने अनुमान गरिएको छ ।

जुफरान, गोडिन, फिलिप लुइस फ्रि ट्रान्सफरमा क्लब छोड्ने तयारीमा रहेका छन् ।

त्यस्तै अन्य स्टार खेलाडीहरु अन्य क्लबमा जाने तयारीमा छन् । तर, सिमिओनेले क्लब छोड्ने हुन कि भन्ने डर फ्यानहरुमा थियो । उनी क्लबप्रति प्रतिवद्ध रहेको खबरले फ्यानहरु खुसी रहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage