पक्राउ परे अस्पतालबाट फरार भएका श्रेष्ठ
काठमाडाैं, ८ जेठ । अस्पतालबाटै फरार भएका पदम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा केही समयअघि पक्राउ परेका श्रेष्ठ मंगलबार वीर अस्पतालबाटै फरार भएका थिए । उनलाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको थियो ।
उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको सादा पोसाकको टोलीले टोखा नगरपालिका–१० हिलेटोलबाट पक्राउ गरेको प्रहरिले जनाएको छ ।