scheduleबिहिवार भाद्र ५ गते, २०७६

बालाजु क्षेत्रबाट पक्राउ परे अस्पतालबाट भागेका अभियुक्त

काठमाडौं, ८ जेठ । उपचारको क्रममा मंगलबार वीर अस्पतालबाट भागेका एक अभियुक्त केही समयमै पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १६ वर्षीय किशोर पदम श्रेष्ठलाई बालाजु क्षेत्रबाट पक्राउ गरेको जानकारी दिएको छ ।

स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएका बेला उनी भागेका उनले बिरामी आमालाई भेट्न भागेको बताएको प्रहरीले जनाएको छ ।

वृत्तका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढ्ने जानकारी दिए । एक बालिकासँग सहमतिमै शारीरिक सम्पर्क गरेका उनलाई कानुनबमोजिम जाहेरी दर्ता भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage