scheduleआइतवार भाद्र १ गते, २०७६

दुर्घटना भएको बसका चालक जेल चलान


डडेल्धुरा, ८ जेठ । धनगढीबाट बझाङका लागि छुटेको बस गत बैशाख १० गते डडेल्धुराको गन्यापधुरा गाउँपालिका अन्र्तगत साहुखर्कमा भएको दुर्घटनाका चालक पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत डडेल्धुराले सोमबार बस चालक बझाङ जिल्ला विथ्यडचिर गाउँपालिका–२ का अमृत बोहरालाई कारागार चलान गरेको हो । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डम्बरबहादुर केसीका अनुसार पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा चालक बोहरालाई सवारी ज्यान मुद्दाको सम्पूर्ण अनुसन्धान पश्चात पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।

बोहराले चलाएको ना ४ ख १८३१ नम्बरको यात्रुवाहक बस साहुर्खकमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage