scheduleआइतवार आषाढ़ १ गते, २०७६

किशोरीलाई वेश्यावृत्तिमा लगाउने कुँवर दम्पत्ति प्रहरी खोरमा


कपिलवस्तु, ८ जेठ । होटेलमा काम गर्न राखेकी १५ वर्षकी किशोरीलाई वेश्यावृत्तिमा लगाउने एक दम्पत्तिलाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलले बुटवल उपमहानगरपालिका–११ स्थित राप्ती मेनु होटेल सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मीनाकुमारी बस्नेत (कुवँर)लाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लका अनुसार पक्राउ परेका कुँवर दम्पत्तिलाई मानव बेचबिखन ऐन र सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइनेछ । बाग्लुङको निसीखोला गाउँपालिका–७ का स्थायी बासिन्दा रहेका उनीहरुले १५ वर्षीया नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएका हुन् । पीडित बालिकालाई आफन्त नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob