scheduleमगलवार आषाढ़ ३ गते, २०७६

‘मेस्सीभन्दा पनि रोनाल्डो बेलोन डि’ओरको हकदार’

फाइल फोटो

काठमाडौँ, ९ जेठ । अष्ट्रेलियाका स्टार खेलाडी टिम कहिलले युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बेलोन डिओरको दाबेदार भएको बताएका छन् ।

उनले मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट खेलाडी भएको र उनी बेलोन डिओरको दाबेदार भएको बताएका हुन् । रोनाल्डो र मेस्सीले दुवैले यो अवार्ड पाँच पाँच पटक जितिसकेका छन् ।

तर, यस सिजन लियोनल मेस्सीले जित्ने सम्भावना बढी रहेको छ । तर, कहिलले रोनाल्डो बढी दाबेदार भएको प्रतिक्रिया दिएका हुन् । यस सिजन लियोनल मेस्सीले ला लिगामा ३६ गोल गरेका छन् ।

तर, रोनाल्डोको मेस्सीभन्दा १५ गोल कम रहेको छ । उनले भनेका भनेका छन्, ‘मेरो यो कुरामा धेरैले सहमति नगर्न सक्लान् तर, विभिन्न क्लबमा रहेर यति उत्कृष्ट खेल खेल्न सक्ने क्षमता भएका खेलाडी रोनाल्डोमात्र हुन् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob