scheduleमगलवार आषाढ़ ३ गते, २०७६

‘हजार्डले क्लब छोड्दैमा खासै फरक पर्दैन’

काठमाडौँ, ९ जेठ । चेल्सीका स्टार खेलाडी इडिन हजार्डले क्लब छोडेमा आफुले उक्त निर्णयको सम्मान गर्ने प्रशिक्षक सारीले बताएका छन् । चेल्सीमा उनको जागिर पनि धरापमा रहेको छ ।

युरोपा लिगको उपाधि जित्न नसके उनलाई बर्खास्त गर्ने चेल्सीको तयारी रहेको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार हजार्डले चेल्सी छोड्ने पक्का भइसकेको छ ।

उनको विकल्पमा चेल्सीले बोरुसिया डोर्टमण्डका स्टार खेलाडी क्रिस्टियन पुलिसिकलाई अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षक सारीले हजार्डले चेल्सी छोडे पनि क्लबलाई खासै असर नपर्ने बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob