scheduleमगलवार आषाढ़ ३ गते, २०७६

‘रियल मड्रिडले अर्को सिजन तीन ठुला उपाधिहरु जित्नेछ’

काठमाडौँ, ९ जेठ । रियल मड्रिडका खेलाडी सर्जियो रेगुइलोनले अर्को सिजन रियलले शतप्रतिशत उपाधि जित्ने बताएका छन् । यस सिजन उपाधिबिहिन यात्रा तय गरेको रियलले झुर खेल प्रदर्शन गरेको थियो ।

रियललाई उपाधिहरु जिताउन महत्वपुर्ण भुमिका खेलेका प्रशिक्षक जिदान पुनः नियुक्ती भएपछि उनी आशावादी भएको बताएका छन् । उनले भनेका छन्, अर्को सिजन रियलले तीन ठुला उपाधि जित्नेछ ।

रेगुइलोनको रियलमा भविष्य के हुने बारे जिदानसँग छलफल चलिरहेको बताइएको छ ।

उनले यस सिजन मध्यम खेल पस्किएका थिए । अर्को सिजनबारे जिदानले हालसम्म निर्णय लिएका छैनन् । अर्को सिजन उनी जिदानको योजनामा रहेको बताइएको छ । रेगुइलोन पनि जिदानप्रति आशावादी रहेको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob