scheduleआइतवार भाद्र १ गते, २०७६

बालिका करणी गरी फरार रहेका अभियुक्त पक्राउ

चितवन, ९ जेठ । बालिका करणी गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं २१ पर्वतीपुर घर भई आफन्तको घर माडी नगरपालिका ५ छरछरेमा आएकी बालिकालाई माडी नगरपालिका ५ छरछरे निवासी शमशेर विकले जबरजस्तीकरणी गरी फरार भएका थिए ।

फरार अभियुक्तलाई माडी नगरपालिकाको सहयोगमा समाजसेवी तथा युवा नेता हरि भुसाल र माडी नगरपालिका ५ वडाध्यक्ष रामबन्धु पोखरेलको विशेष सक्रियतामा ईलाका प्रहरी कार्यलय माडीका प्रहरी नायब निरिक्षक उमेश कोइराला र हवल्दार रामलाल श्रेष्ठको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा हरियाणाको पानिपत औद्योगिक क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । विकलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको वडाअध्यक्ष पोखरेले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage