scheduleबुधवार आषाढ़ ४ गते, २०७६

फिफा विश्वकप २०२२ : ३२ राष्ट्रले मात्रै प्रतिस्पर्धा गर्ने

काठमाडाैं, ९ जेठ ।  कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार प्रेस विज्ञप्ति निकाल्दै कतार विश्वकपमा ३२ राष्ट्रले नै प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यसअघि गत चैतमा अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको थियो । उक्त बैठकले विश्वकपमा कतारसँगै एक सह–आयोजक राष्ट्र थप्ने निर्णय गरेको थियो । तर, फिफाले गल्फ राष्ट्रबीच पछिल्लो समय घटेको राजनीतिक द्वन्दको कारण आयोजक राष्ट्र थप्न नसकिने हुँदा ४८ देश सहभागी गराउन मुश्किल हुने निस्कर्ष निकाल्दै ३२ देशमै सिमित गर्ने जनाएको छ ।

फिफाको पछिल्लो निर्णयसँगै २२ औं संस्करणको विश्वकप कतारमा मात्र र ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् निश्चित बनेको छ । सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको छ । फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएपनि यस वर्षको कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुने भएको छ । जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण फिफाले विश्वकप जाडो मौसममा गर्ने निर्णय गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob