scheduleबिहिवार भाद्र ५ गते, २०७६

आईसीसी एक दिवसीय क्रिकेट : नयाँ वरियतामा आफ्नै स्थानमा यथावत नेपाल

काठमाडाैं, ९ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । एकदिवसीय विश्वकपअघि आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहन सफल भएको हो । नयाँ वरियतामा नेपालले १ सय ५२ अङ्क पाएको छ ।

आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा पर्न थालेको हो । गत माघमा भएको उक्त सिरिज नेपालले २–१ ले जितेको थियो ।

युएईसँगको सिरिजपछि नेपालले अन्य एकदिवसीय खेल खेलेको छैन । वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् । नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा दक्षिण अफ्रीका रहेका छन् । चौथोमा न्युजिल्यान्ड र पाँचौमा अष्ट्रेलिया रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage