scheduleआइतवार भाद्र १ गते, २०७६

विवेकलाई ज्यान मार्ने धम्की, प्रहरीले दियो सुरक्षा


मुम्बई, ९ जेठ । बलिउड अभिनेता विवेक ओबरायलाई बुधबार नक्सलवादीको तर्फबाट ज्यान मार्ने धम्की आएको छ । धम्कीसँगै मुम्बई प्रहरीले उनको सुरक्षा बढाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकसँग जोड्नै उनलाई ज्यान मार्ने धम्की दिइएको हो ।

विवेकका प्रवक्ताका अनुसार नक्सलवादीको धम्कीपछि गुप्तचर निकाय र प्रहरीले उनीमाथि सुरक्षा शतर्कता बढाएको छ ।

पछिल्लो समय विवेक ओबरायले ऐश्वर्या राय बच्चनमाथि विवादित मेमेलाई लिएर विवादमा छन् । उक्त कुरा विवेकले आफ्नो ट्विटरमा शेयर गरेका थिए । विवेकले शेयर गरेको फोटो तीनवटा फोटो मिलाएर बनाइएको थियो । जसमा सलमान खान, ऐश्वर्या राय बच्चन, उनी आफैं र आराध्याको अलगअलग अवस्थाका तस्बिरहरु छन् ।

एक तस्बिमा अपिनियन पोल लेखिएको थियो । दोस्रोमा एग्जिट पोल र तेस्रोमा नतिजा लेखिएको थियो । उक्त मेमेमाथि विवाद हुँदा विवेकले माफी मागेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage