scheduleबिहिवार भाद्र ५ गते, २०७६

वडाध्यक्षले २३ महिनाको तलबबाट तिरिदिए विद्यालयको ऋण


धनकुटा, ९ जेठ । जनप्रतिनिधिले जनतालाई चुनावको बेला बाँढेको आश्वासनअनुसार काम गर्न नसकेको गुनासो बढिरहेका छन् । तर, धनकुटा नगरपालिका वडा न‌ं. ३ का वडाध्यक्ष भने जनहितको काम गर्न व्यस्त देखिन्छन् ।

नमूना वडाको रुपमा जनहितमा समर्पित वडाध्यक्ष हुन् विकास घिमिरे । घिमिरले आफ्नो वडाको एक विद्यालयको ऋण आफूले अहिलेसम्म पाएको सेवा सुविधाबाट तिरिदिएका हुन् ।

तर धनकुटा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विकास घिमिरेले भने आफुले अहिलेसम्म प्राप्त गरेको सेवा सुविधावाट स्थानीय विद्यालयको ऋण तिरिदिएका छन् ।

धनकुटा नगरपालिकाको वडा नं. ३ मा अवस्थित ज्वालादेवी प्राथमिक विद्यालयलाई लागेको तीन लाख १८ हजार रुपैयाँ वडाध्यक्ष घिमिरेले आफ्नो पारिश्रमिकबाट तिरिदिए । उनको मासिक तलब १३ हजार ८ सय रुपैयाँ मात्र छ । उनले आफ्नो २३ महिनाको तलब जम्मा गरेर विद्यालयको ऋण तिरिदिएका हुन् ।

घिमिरे आफैंले अध्ययन गरेको विद्यालयमा रङ्गरोगन, छाना, कार्पेट, फर्निचरका सामाग्री, टीभी लगायतका सामाग्री खरिद गर्दा लागेको ऋण तिर्न पाउँदा आफूलाई गर्व लागेको घिमिरेले बताए । ऋणमा डुबेको विद्यालयलाई ऋण मुक्त गरेपछि विद्यालयले सही ढ‌ंगले पठनपाठन गरेर बालबालिकाको भविष्य उजिल्याऊन् भन्ने आफ्नो चाहना रहेको घिमिरेले बताए ।

नयाँ शक्तिबाट वडाध्यक्षमा विजयी घिमिरेले वडामा कृषि र पर्यटनलाई केन्द्रीत गर्दै नमूना कामहरु गरिरहेका छन् । ग्रीन कागते, क्लिन कागते उनको अर्को नमूना काम हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage