scheduleआइतवार भाद्र १ गते, २०७६

छायाँ सरकारलाई लिएर काँग्रेसभित्र किचलो

काठमाडौं, ९ जेठ । यसै साता गठित छायाँ सरकारमा समेत गुट र पूर्वाग्रह हावी भएको भन्दै प्रतिपक्ष नेपाली काँग्रेसभित्र असन्तुष्टि बढ्दै गएको छ । आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको असमझदारीकाबीच बनेको छाँया सरकारप्रति कांग्रेसभित्रबाटै आलोचना बढिरहेको हो।

सरकारका काम कारवाहीको खवरदारी र निगरानी गर्न भन्दै नेपाली काँग्रेसले सोमबार ५८ सदस्यीय छायाँ सरकार गठन गरेको थियो । तर २५ सदस्यीय मन्त्रिपरिषदकाे प्रभावकारिता हेर्न बनाइएको छाँया सरकारको प्रत्येक मन्त्रालय हेर्न एक संयोजक र दुई सदस्य तोकिएको छ ।

छायाँ सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका गगन थापाले गुट हेरेर जिम्मेवारी बाडँफाडँ गर्नु गलत भएको बताएका छन् । हरेक मन्त्रालय हेर्नका लागि एक जना मात्र राख्नुपर्ने थापाको अडान छ । गुट व्यवस्थापनको नाममा छायाँ सरकारमा धेरै सदस्य राख्दा  प्रभावकारी नहुने उनको भनाइ छ ।

त्यस्तै छायाँ सरकारको परराष्ट्र समितिमा रहेका अर्का नेता अमरेश कुमार सिंहले समेत आफ्नो असन्तुष्टि पोखेका छन् । ‘छाया सरकारमा पनि गुटगत व्यवस्थापनकै कुरा देखियो’,  अमलेश कुमार सिंहले भने ।  योग्यता र क्षमताका आधारमा मात्रै जिम्मेवारी तोक्नु पर्ने सिंहको भनाइ थियो ।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage