scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

भारतीय निर्वाचनः मोदी म्याजिक हाइहाइ, जाति र गठबन्धन बाइबाइ

नयाँ दिल्ली, ९ जेठ । भारतीय लोकसभाको चुनावको नतिजाले यसपटक गठबन्धनको राजनीतिलाई पनि पछाडि धकेलेको छ । यूपी, विहार, महाराष्ट्र र कर्नाटक जस्ता राज्यहरुमा विपक्षी दल गठबन्धन गरेर बिजेपीका विरुद्ध चुनावी मैदानमा उत्रिएका थिए । उनीहरु सबै चुनावी मतपरिणाममा नरेन्द्र मोदीको करिश्माका अगाडि धराशायी भएका छन् । न गठबन्धन चल्यो न जातिको दाउ । सबैतिर मोदी नै अगाडि देखिए ।

यहाँ हामीले नवभारत टाइम्समा प्रकाशित विश्लेषणलाई आधार बनाएर बिजेपी र मोदीको जितका कारणहरु खोतल्ने प्रयास गरेका छौं ।

मोदीको शक्तिशाली छवि
प्रधानमन्त्री नरेन्द्र मोदीको शक्तिशाली नेताको छवि र पूरै देशमा उनको सर्वमान्य नेताको रुपमा पेश गर्‍यो भाजपाले । नोटबन्दी, जीएसटी र आतंकवादको विरुद्ध उनको कडा फैसलाले देशमा उनको छवि एक शक्तिशाली नेताको रुपमा बन्यो । विपक्षीहरु मोदीको अगाडि कमजोर र शक्तिहिन देखिन थाले । यो निर्वाचन परिणाममा मोदीको शक्तिशाली छविको पनि अत्यधिक योगदान छ ।

जाति चलेन, काम चल्यो
यूपी, बिहार, कर्नाटक र महाराष्ट्र जस्ता राज्यमा विपक्षी दलहरुको गठबन्धन नराम्रोसँग असफल भयो । जातिको नाममा बनाइएका गठबन्धनलाई यी राज्यहरुमा सफलता मिलेन । जनताले केन्द्र सरकारको योजनाको पक्षमा जमेटर भोट दिए । यी सबै राज्यमा जातिय गठबन्धनहरु नराम्ररी पछारिए ।

राष्ट्रवादको नारा
चुनावमा मोदीले राष्ट्रवादको नारा दिए । चुनावी र्‍यालीसम्म आइपुग्दा पनि मोदीले राष्ट्रवादको नारा छाडेनन् अपितु झन् चर्काए । आतंकवादको विरुद्ध उनको सरकारले कडा कदम अगाडि बढाइरहेको उनको जिकिर थियो । जनताले मोदीको यो अपिललाई पत्याए र लोकसभा चुनावमा बिजेपीलाई २०१४ मा भन्दा अगाडि बढाए ।

बालाकोट एयर स्ट्राइकको असर

पुलवामा आतंकवादी हमलापछि वायुसेनाद्वारा पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाको एयर स्ट्राइकले भारतमा मोदीको छवि थप शक्तिशाली बनायो । जसरी भारतीय वायुसेनाले पाकिस्तानमा घुसेर जैशको आत‌कवादीको अखडालाई ध्वस्त बनाए, यसले देशमा मोदीको आतंकवादविरुद्धको कदमको खुलेरै प्रसंशा भएको थियो । चुनावको क्रममा मोदीले उक्त हमलाको अत्यधिक मसला बनाए र बलियो सरकारको पक्षमा विपक्षीविरुद्ध निशाना सोझ्याए ।

मोदी ब्राण्ड

लोकसभा चुनाव २०१९ मा मोदीको आफ्नो पार्टी र गठबन्धनका लागि ब्राण्डको रुपमा प्रस्तुत गरियो । बिजेपीको लागि मात्र होइन, एनडिए गठबन्धनका लागि मोदीले जमेर भोट मागे । एनडीए गठबन्धनमा सहभागी ३६ दलहरुले पनि मोदीको नाम एकदमै दोहोर्‍याए । यतिसम्म कि कयौं सिटमा एनडिएका प्रत्याशीले पनि मोदीको नाममा भोट मागेको पनि देखियो ।

जनमुखी योजनाको फाइदा

केन्द्रीय योजनाहरु जस्तै- आयुष्मान भारत, उज्यालो, किसान सम्मान निधि, स्वच्छ भारत अन्तर्गत शौचालयका निर्माणजस्ता योजनाहरुले आधारभूत तहमा बिजेपीको पक्षमा मतदाताहरु एनडीए गठबन्धनको नजिक हुन सघाए । यी योजनाको स्थानीय तहसम्म कार्यान्वयन र यसमा भ्रष्टाचार कम हुँदा पनि एनडीए गठबन्धनको लागि सकरात्मक पक्ष बन्यो ।  मोदीले पनि आफ्नो चुनाव प्रचारमा केन्द्रका यी योजनाबारे खुबै बोले । चुनाव परिणाममा बिजेपीलाई यी कुराहरुले निकै सघाएको देखिन्छ ।

हरेक राज्यमा फरक समीकरण

बिजेपीले लोकसभा चुनावमा हरेक राज्यका लागि फरक फरक रणनीति बनाएको थियो । यूपी, बिहार, महाराष्ट्र, पश्चिम बंगाल, कर्नाटक बाहेक ओडिशामा बिजेपी अलग-अलग रणनीतिका साथ चुनावी मैदानमा उत्रिएको थियो ।  बंगलामा बिजेपीको रणनीति एकदमै कामयावी भयो । त्यहाँ ममता बनर्जीको जरो उखेल्न सफलता हासिल भयो । यसका साथै यूपी र बिहारमा एनडीए गठबन्धनलाई अत्यधिक मतान्तरले अगाडि उभ्याउन सफल भयो ।  महाराष्ट्रमा बिजेपी-शिवसेना गठबन्धन पनि भारी मात्रामा सफल रह्यो ।

सहयोगीलाई विशेष जोड

२०१४ को चुनावपछि यो चुनावमा बिजेपीले आफ्नो सहयोगीलाई एकदमै ध्यान दियो । महाराष्ट्रमा शिवसेनासँग भएको पुरानो मतभेद भुलेर पार्टी लोकसभा चुनावमा उहीसँग सहकार्य गर्‍यो । यसका साथै बिहारमा जदयूलाई आफूले जितेको सिट पनि दियो । बिहार र महाराष्ट्रमा बिजेपीलाई यसको प्रशस्त लाभ मिल्यो । यसका साथै बिजेपीले पूर्वी भारतमा कयौं दलसँग गठबन्धन गरेर जित सुनिश्चित गर्न सफल भयो ।

यूपी र बंगालमा पहिलेदेखि कै तयारी

उत्तर प्रदेशमा एसपी र बीएसपीको गठबन्धन चलखेल सुरु हुनुभन्दा अगाडि नै बिजेपीले राज्यमा ५०+ मतको लागि कोसिस सुरु गरेको थियो । बिजेपीलाई यूपीमा उक्त गठबन्धन गर्न सकिने पहिलादेखि नै जानकारी थियो । पार्टीले राज्यमा केन्द्रका जनमुखी योजनाहरुको अत्यधिक प्रचार गर्‍यो र यसको लाभ सिंगो गठबन्धनलाई नै मिलोस् भन्ने शुभेच्छा पनि राख्यो । पार्टीको यो रणनीतिले काम गर्‍यो पनि । पश्चिम बंगलाका लागि बिजेपीले २०१७ मा ओडिशापछि तयारी सुरु गरेको थियो । पश्चिम बंगालमा बिजेपीको तयारीले काम गर्‍यो र ममताको गढ भत्काउन सफलता मिल्यो ।

कमजोर विकल्प
नरेन्द्र मोदीको अगाडि विपक्ष विकल्पहिन रह्यो । विपक्षीसँग मोदीसँग टक्कर गर्ने शक्तिशाली नेता भएनन् । कांग्रेसका अध्यक्ष राहुल गान्धी पिएम मोदीको अगाडि कमजोर सावित भए । यसका साथै विभाजित विपक्षले मोदीको सामना गर्न सकेन । विपक्षीसँग अन्तरनिहित विभाजनका कारण मोदीको अगाडि चुनौती बनेर उभिन सक्ने अवस्था रहेन ।

राहुललाई मोदीसँगको प्रतिष्पर्धीको रुपमा उभ्याए पनि उनको कमजोर भाषण शैली, मानिसलाई संगठित गर्ने तरिकाका अगाडि मोदी थप शक्तिशाली देखिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage