scheduleबुधवार आषाढ़ ११ गते, २०७६

रौतहटमा पहिलो पटक चक्रपथको निर्माण हुँदै

रौतहट, ९ जेठ । रौतहटमा पहिलो पटक चक्रपथको निर्माण हुने भएको छ । प्रदेश नं २ का भूभि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री एवम् रौतहटबाट निर्वाचित प्रदेश सांसद योगेन्द्र यादवको पहलमा चक्रपथको निर्माग हुन लागेको हो ।

रौतहट क्षेत्र नं १ ख का प्रदेश सांसद समेत रहेका कृषि राज्य मन्त्री यादवले प्रदेश स्तरीय योजनाबाट झण्डै ५५ करोड रुपैयाँको लागतमा आफनै निर्वाचन क्षेत्रमा पहिलोपटक चक्रपथ निर्माण गर्न लागेका हुन् ।

वर्षौदेखी रहेको बाटोको समस्याका कारण आफना क्षेत्रका जनतालाई आवत जावत गर्नमा कठिनाई हुँदै आएको भन्दै आफुले निर्माण गर्न लागेको उनले बताए । चक्रपथबाट स्थानीय नागरिकको बाटोको समस्या सधैका लागि समाप्त हुने मन्त्री यादवको भनाइ छ । आफुले निर्माण गर्न लागेको चक्रपथको लम्बाई ३५ किलोमिटरको रहेको र अहिलेसम्म डिपीआरको काम सम्पन्न भैसकेको उनले बताए ।

डिपीआरको काम सम्पन्न भइ अब आउँदो आर्थिक वर्ष २०७६/०७७ बाट निर्माण कार्य सुरु हुने यादवले बताए । निर्माण हुनगइरहेको चक्रपथको केन्द्र विन्दु सुकदैव चौक रहेको छ । मन्त्री यादवको निर्वाचन क्षेत्रमा रहेका पाँचवटा स्थानीय तहलाई छुने गरी चक्रपथ निर्माण हुने छ ।

चक्रपथ सुकदैव चौकको दक्षिण पट्टी रहेको तुलसी इनारबाट शुरु भई जेठरहिया चिकना, भलोहिया, फुलवरीया, खडकी रजवाडा, धर्मपुर सिंगारमन, धनाडी, विरनगराबाट माधोपुरको उतरपटिको ठुलो मठवला बाटो हुँदै मानपुर विशुनपुर्वा, जयनगर, दिपही, खेसरहिया र सखुअवा भएर पुनः सुकदेव चौकको दक्षिणपट्टी रहेको तुलसी इनारमा गएर अन्त्य हुने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob