scheduleबुधवार आश्विन १ गते, २०७६

च्याम्पियन्स लिगः फाइनल खेल ट्याकटिकलभन्दा पनि भावनात्मक

काठमाडौँ, १० जेठ । च्याम्पियन्स लिगको फाइनलका लागि दुई इंलिस क्लब लिभरपुल र टोटनहम तयारीमा रहेका छन् । मड्रिडको मैदानमा हुने खेलमा यी दुई क्लबले कस्तो खेल प्रदर्शन गर्ने हुन् सबैको प्रतिक्षाको विषय बनेको छ ।

यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई कडा टक्कर दिएको थियो । ऐतिहासिक प्रतिस्पर्धा रहेको प्रिमियर लिगमा एक अंकको अन्तरले म्यानसिटीले उपाधि उचाल्न सफल भएको थियो ।

च्याम्पियन्स लिगमा भने लिभरपुलले उपाधि जित्ने अनुमान धेरैले गरेका छन् । टोटनहमले प्रिमियर लिगमा खासै गतिलो खेल खेल्न सकेन । पछिल्ला खेलहरुमा टोटनहमले कठिन खेल खेलेको थियो ।

लिभरपुलको भने सानदार यात्रा रहेको छ । सबै खेलाडी उच्च फर्ममा रहेका छन् । बार्सिलोनालाई पाखा लगाएको लिभरपुलले फाइनलमा टोटनहममाथि सहज जित हात पार्ने विश्लेषकहरु बताउँछन् ।

टोटनहमका प्रशिक्षक मोउरिसिनो पोचितिन्होले टोटनहमसँगको खेल ट्याकटिकलभन्दा पनि भावनात्मक हुने बताएका छन् । सबैले ट्याक्टटिसको कुरा गरेको तर फाइनल खेलमा इमोशनले धेरै भुमिका खेल्ने उनले बताएका छन् । टोटनहमले आयाक्सविरुद्ध सानदार कमव्याक गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage