scheduleसोमवार भाद्र २ गते, २०७६

चट्याङ्ग लागेर दिदी घाइते, बहिनीको मृत्यु

जुम्ला, १० जेठ । हिमा गाउँपालिका वडा नम्वर ७ कुडुमा बिहिबार साँझ चट्याङ्ग पर्दा एकजना बालिकाको मृत्यु भएको छ । झण्डै ८ बजेतिर भिमबहादुर बुढाको घरमा चट्याङ्ग पर्दा उनकी कान्छी छोरी रुपसी बुढाको मृत्यु भएको हो ।

चट्याङ्ग लागेर जेठी छोरी विमला बुढा घाइते भएको स्थानीय दानबहादुर बुढाले जानकारी दिए । घाइते बिमलाको कालिकाखेतु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गाउँमा रहेका सोलारका प्यानल फुटेका छन् भने र विद्युत्तिय प्रशारणहरुमा समेत असर पुगेको स्थानीयले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage