scheduleआइतवार आषाढ़ १ गते, २०७६

बाल्टीनको पानीमा डुबेर १ वर्षीया बालकको मृत्यु

पाल्पा, १० जेठ । पाल्पाको रामपुर नगरपालिका ३ मा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । घरमा लगाउने रंङको बाल्टीनको पानीमा डुबेर बालकको मृत्यु भएको हो ।

बिहीबार बिहान करिब १० बजेतिर घरयासी प्रयोजनका लागि ल्याएर राखेको बाल्टीनको पानीमा डुबेर निर्मला आलेका १ वर्षका छोरा रुस्टम आलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आमा घरको काममा व्यस्त भएका बेला पानीमा डुबेका बालकलाई उपचारका लागि रामपुर अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिं रानाले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob