scheduleआइतवार आषाढ़ १ गते, २०७६

मदिरा सेवन गरी शिक्षकमाथि हातपात गरेपछि…

हुम्ला, १० जेठ । हुम्लाको दक्षिण क्षेत्रमा पर्ने सर्केगाढ गाउँपालिकामा रहेको हिमज्योती माविका शिक्षक जय बहादुर धामीमाथी मदिरा सेवन गरेका केही व्यक्तिले हातपात गरेको छ । हातपातबाट शिक्षक धामीको टाउकोमा चोट लागेको छ ।

बिहिबार दिउँसो साढे दुई बजेतिर कक्षामा अध्यापन गराउन जाने क्रममा धामीलाई मदिरा सेवन गरेका सर्केगाड गाउँपालिका वडा नम्बर पाँच गोठीका युवा दिर्घ सिंह र भरत मल्लले हातपात गर्नुको साथै कार्यालयमा रहेका कुर्ची तोडफोड गरेका छन् । घटना पछि हिमज्योती मावि अनिश्चित कालको लागि बन्द भएको छ ।

दोषी माथि कडा कारवाही नभए आन्दोलनका थप कार्यक्रम हुने शिक्षक संगठनहरुले जनाएका छन् । घटनाको अनुसन्धान गरी दोषिलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । घटनाको थप अनुसन्धानका लागि मदिरा सेवन गरेका दुबै जनालाई सर्केगाड प्रहरी चौकीले पक्राउ गरी सिमकोट ल्याएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob