scheduleबुधवार आषाढ़ ४ गते, २०७६

पाँच अंकले घट्यो नेप्से

काठमाडौं, १० जेठ । साताको अन्तिम दिन नेप्से परिसूचक ५ दशमलव शून्य ८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव शून्य ८ बिन्दुले घटेर १ हजार ३१४ दशमलव ५५ अंकमा पुगेको हो । त्यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८९ बिन्दुले घटेर २८० दशमलव ३८ अंकमा झरेको छ । कुल १७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता सेयर ९३ करोड २६ लाख ४४ हजार ८८७ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको सेयर वृद्धि भएको छ भने सात उपसमूहको सेयर भने ओरालो लागेको छ । होटल ३५ दशमलव ८३, निर्जीवन बिमा ३ दशमलव ७१, अन्य शून्य दशमलव ९२, लघुवित्त एक दशमलव ७० र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुई बिन्दुले घटेको छ ।

त्यस्तै, बैंकिङ शून्य दशमलव ९५, व्यापार शून्य दशमलव शून्य ८, विकास बैंक ९ दशमलव २०, जलविद्युत् ६४ दशमलव ७८, वित्त ७ दशमलव शून्य ५, उत्पादन शून्य दशमलव ५ र जीवन बिमा ४४ दशमलव ५३ अंकले घटेको छ । स्टकका अनुसार माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको १५ करोड ५९ लाख ६४ हजार ८४८, हिमालयन डिस्टिलरी ७ करोड ३ लाख ३४ हजार २३०, नेपाल बैंक लिमिटेड ६ करोड १४ लाख ७१ हजार ९९५, कृषि विकास बैंक ४ करोड १० लाख ३२ हजार २७, शिवम् सिमेन्ट ३ करोड ९७ लाख ९२ हजार ९२६ र जनता बैंकको २ करोड ९३ लाख ६० हजार ४०४ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob