scheduleबिहिवार भाद्र ५ गते, २०७६

दुई तिहाई बहुमतका लागि मोदीलाई पुगेन ९ सिट


नयाँदिल्ली, ११ जेठ । छिमेकी राष्ट्र भारतमा सम्पन्न लोकसभा निर्वाचनमा नरेन्द्र मोदी आवद्ध भारतीय जनता पार्टी ३०३ सिटमा विजयी भयो । यो २०१४ भन्दा २२ सिट बढी हो ।

बिजेपी नेतृत्वमा रहेको एनडीएले ३५२ मत हासिल गर्न सफल भयो । ५४२ सदस्यीय लोकसभामा दुई तिहाई बहुमतका लागि चाहिन्छ ३६१ मत तर, गठबन्धनसँग छ ३५२ सिट । यद्यपि, स्पष्ट बहुमत पाएपछि नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

भारतीय सञ्चार माध्यमहरुले गरिरहेको विश्लेषणका अनुसार भाजपाको राष्ट्रवादी तथा हिन्दु धर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएको निर्वाचन परिणामले पुष्टि गर्छ ।

एनडीए गठबन्धनमा रहेका शिव सेनाले १८, जनता दल युनाइटेड (जेडीयू) ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले २/२ सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रिक पार्टी, मिजो नेसनल फ्रन्ट र नेसनल पिपल्स पार्टीले एकएक सिट जितेका छन् । त्यसैगरी भाजपा समर्थन रहेका एक स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् ।

उता, विपक्षी गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय कांग्रेसले ५२ सिट जितेको छ । यो अघिल्लो निर्वाचनभन्दा ८ सिट बढी हो । कांग्रेस नेतृत्वको यूपीए गठबन्धन कुल ८७ निर्वाचन क्षेत्रमा विजयी भएको छ जसमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके) ले २३, नेसनलिस्ट कंग्रेस पार्टी (एनसीपी) ले ५, इन्डियन युनियन मुस्लिम लिगले तीन सिटमा बाजी मारेको छ ।

कुनै पनि गठबन्धनमा नरहेका रिभोलुसनरी सोसलिस्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके) ले एक/एक सिटमा जित निकाल्न सफल भएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage