scheduleबुधवार आश्विन १ गते, २०७६

अन्तिम खेलमा पीएसजी राइम्ससँग स्तब्ध


एजेन्सी, ११ जेठ । फ्रान्सेली लिग वनको अन्तिम चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) राइम्ससँग ३-१ ले स्तब्ध भएको छ ।

पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेले लिगमा आफ्नो गोलसंख्या ३३ गोल पुर्‍याएपनि पराजय भने रोक्न सकेनन् ।

राइम्सका लागि खेलको ३६ औं मिनेटमा रहमान बाबाले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १-० को अग्रता लिएको राइम्सका लागि माथ्यु काफारोले दोस्रो हाफको ५६ औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर बनाए ।

लगत्तै तीन मिनेटपछि किलियन एमबाप्पेले एक गोल फर्काए पनि टिमको पराजय रोक्न सकेनन् । खेलको अन्तिम समय अर्थात् ९०औं मिनेटमा राइम्सका लागि पाब्लो चभारियाले रहमान बाबाको पासमा गोलमा बदलेपछि पीएसजी स्तब्ध भयो ।

पीएसजीविरुद्ध जित निकालेसँगै राइम्स ३८ खेलमा ५५ अंकसहित निमेसलाई उछिन्दै लिगको आठौं स्थानमा उक्लिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage