scheduleआइतवार भाद्र १ गते, २०७६

वडाको नियमः रक्सी खानेलाई २५ सय जरिवाना

सांकेतिक तस्बिर

हुम्ला, ११ जेठ । हुम्लाको ताँजकोट गाउँपालिकाको वडा नम्बर पाँचलाई मदिरा, जुवातास निषेधित क्षेत्र घोषणा गरिएको छ । वडालाई शुक्रबारदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।

वडापालिका पदाधिकारी सुरक्षा निकाय, राजनैतिक दलका स्थानीय प्रतिनिधी र स्थानीय बासिन्दाहरुको संयुक्त भेलाले यो निर्णय गरेको हो । त्यस्तै वडा अध्यक्ष बर्ख बुढाको संयोजनमा वडा स्तरिय मुल मदिरा तथा जुवातास निषेधित समिति गठन गरिएको समेत छ ।

घोषणासभाको भेलाबाट मदिरा सेवन गर्नेलाई २५ सय र बिक्री गर्नेलाई ५ हजार जरिवाना तोकिएको छ । जुवातास खेल्नेलाई भने २ हजार जरिवाना र खेलाउनेलाई चार हजार जरिवाना तोकिएको वडा अध्यक्ष बुढाले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage