scheduleआइतवार भाद्र १ गते, २०७६

औषधि हालेको आँप खाँदै हुनुहुन्छ ? देखिन सक्छन् यस्ता समस्याहरु


रौतहट, ११ जेठ । देशका विभिन्न ठाउँमा विषादी प्रयोग गरिएका आँप विक्रिवितरण गरिएकाले आँप नखान विशेषज्ञहरुले सुझाव दिएका छन् । मानव स्वास्थ्यको लागि हानिकारक विषादी कार्वाइड प्रयोग गरी पकाईएको आँंप तराईका स्थानिय बजारहरुमा बिक्री भैरहेकाले त्यस्ता आँप नखान विशेषज्ञहरुले आग्रह गरेका हुन् ।

हानिकारक रसायन हालेर पकाएको आँप खाँदा रिङ्गाटा लाग्ने, बान्ता हुने, पेट पोल्ने र झाडापखाला लगाएतका समस्या हुने भएकाले त्यस्ता आँप नखान चन्द्रपुर हस्पिटल प्रा.लि.का प्रमुख डाक्टर सुवास चौधरीले आग्रह गरे ।

विभिन्न किसिमका विषादि प्रयोग गरी पकाएको आँप लगायतका अन्य फलफुलहरु सेवन गर्दा स्वास्थ्य बिग्रने उनको भनाई छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड विषादी प्रयोग गरी पकाएका आंँप नेपालमा भित्रने गरेकाले विशेषज्ञहरुले सजग हुन समेत आग्रह गरेका छन् । त्यस्ता आँप विना परीक्षण नै तराईमा बिक्री भैरहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage