scheduleबिहिवार भाद्र ५ गते, २०७६

सेनाका भ्रष्ट कर्मचारी धमाधम कारबाहीमा पर्दै, कर्नेल नै जेल चलान

फाइल फोटो

काठमाडौं, ११ जेठ । भष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लागू भएपछि नेपाली सेनाका भ्रष्ट कर्मचारीहरु धमाधम कारबाहीमा परेका छन् ।

शुक्रबार मात्रै नेपाली सेनाका एकजना प्रमुम सेनानी (लेप्टिनेन्ट कर्नेल) लाई भ्रष्टाचारको आरोप ठहर भएपछि जेल चलान गरिएको छ । सैनिक अदालतले राष्ट्रपति चुरे संरक्षण आयोजनामा करिब पचास लाख रकम हिनामिना गरेको ठहर गर्दै  उदयपुरस्थित कालीसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीलाई जेल चलान गरेको हो ।

सेनाको समरी जनरल अदालतले पेस गरेको निर्णय शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि कार्कीलाई सेवाबाट बर्खास्त गरी  जेल चलान गरिएको हो । हिनामिना भएको करिब ४९ लाख रुपैया कार्कीबाट असुलउपर गरी उनलाई तीन महिना कैद सजाय गर्ने फैसला भएको जानकारी सैनिक जनसम्पर्क निर्देशनालयले दिएको छ।

चुरे संरक्षणअन्तर्गत ताल संरक्षणका लागि प्राप्त बजेटमा अनियमितता भएको उजुरी परेपछि नेपाली सेनाले यसबारे छानबिन गरेको थियो । उक्त आयोजना अन्तर्गत ताल संरक्षण गर्न भन्दै कार्कीको कमाण्डमा रहेको कालीसिद्धी गणलाई असी लाख निकासा भएको थियो । तर उक्त रकम हिनामिना भएको उजुरी परेपछि गत वैशाख २३ गते सैनिक समरी जनलर अदालत गठन गरी छानबिन अघि बढाइएको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको पहलमा नेपाली सेनालाई स्वच्छ, मर्यादित र व्यवसायिक बनाउन भन्दै नयाँ आचारसंहिता लागू भएसँगै सैन्य कर्मचारीहरु कारबाहीमा पर्दै आएका छन् ।  यसअघि भर्ना छनोटमा अनियमिता गर्ने १८१ जना सैनिक कर्मचारीलाई कारबाही गरिएको थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage